सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुले स्थानीय विकास र समृद्धिका लागि १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीले जिल्लाको भौगोलिक विशिष्टता, पर्यटन, कृषि र जलविद्युतलाई प्राथमिकतामा राख्दै विकास योजनाहरू अघि सारेको छ। पर्यटनबाट प्राप्त रोयल्टी सबै पालिकामा समान वितरण गरी सडक र पूर्वाधारमा खर्च गर्ने, ‘एक पालिका, एक उत्पादन’ अवधारणामा कृषि र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, र स्थानीय उत्पादनको गुणस्तर सुधारेर निर्यात गर्न लगानी गर्ने नीति प्रतिबद्धतामा समेटिएको छ।
पूर्वाधारतर्फ प्रमुख सडक खण्डहरूको ग्राभेल र कालोपत्रे गर्ने, जलविद्युत आयोजनालाई सामाजिक उत्तरदायित्वमा समर्पित गर्ने र स्वास्थ्य–शिक्षा सेवामा सुधार ल्याउने लक्ष्य राखिएको छ। वातावरण संरक्षणका लागि ‘सगरमाथाको आवाज’ कार्यक्रम सञ्चालन गर्ने, खुम्बु पासाङल्हामुमा विद्युतीय उपकरणको प्राथमिकता दिने र जलवायु संवेदनशील योजना अघि सार्ने पनि प्रतिबद्धता गरिएको छ।
यसैगरी, भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउने, वैदेशिक रोजगारीबाट फर्केका श्रम र लगानीलाई सदुपयोग गर्ने, खाद्यान्नमा आत्मनिर्भर बनाउने र ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी र सिँचाइ सुनिश्चित गर्ने नीति समावेश छ।
रास्वपाको १७ बुँदे योजना सोलुखुम्बुको प्राकृतिक स्रोत, कृषि, पर्यटन र जलविद्युतको सही उपयोगमार्फत जिल्लालाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य राख्दछ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्