बालेनलाई थेबेको प्रश्न लिपुलेक, लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १६

काठमाण्डौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै ‘हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईंको स्टेटमेन्ट के हो ?’ भन्ने प्रश्न गरे ।

‘हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईंको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त– लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? अगामी आम निर्वाचन पछि नेपाली समाजलाई सुखि र समृद्धिको आधार दिन्छौं,’ उनको प्रश्न छ ।

नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि उनको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *