एमालेबाट काठमाडौँ– ५ को उम्मेदवार बने ईश्वर पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् ।

नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको थियो ।

गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *