|
२०८२ पुष २२
काठमाण्डौँ । बिषालु च्याउ खाँदा गोरखाका एक परिवार बिरामी भएका छन् ।
सोमबार बेलुका खानासँगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका-१४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिवार बिरामी भएको प्रहरीले जनाएको छ।
वाग्मती नगरपालिका-१३ घर भई हाल गोरखाको प्यूघर बस्दै आएका ३० वर्षकी हिरालाल पहारी, उनका दुई छोरा १२ वर्षका किसान पहारी, र ६ वर्षका हिमाल पहारी तथा पाँच वर्षकी छोरी सुजिता पहारी बिरामी भएका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
उनीहरू सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरू सबैको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले सोमबार बेलुकीको खानासँगै घर नजिकै टौवामा उम्रिएको च्याउ खाएका र खाए लगत्तै बिरामी भएका प्रहरीको भनाइ छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्