विष्णु रिमालले हार स्वीकार्दै पार्टीमा नयाँ भूमिका ग्रहण गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाडौँ – एमालेका वरिष्ठ नेता विष्णु रिमालले हालैको महाधिवेशनमा आफ्नो हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले अब पार्टीमा औपचारिक रूपमा नयाँ भूमिका पाएको जानकारी गराएका छन्।

रिमालले लेखेका छन्, “नयाँ नेतृत्व चयनको क्रममा स्वस्थ प्रतिस्पर्धा देखियो। अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टोली प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो।” उनले यसलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भएको भन्दै चिन्ताको विषय नभएको पनि स्पष्ट पारेका छन्।

उनले थपे, “पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि साझा संकल्प र कमरेड्ली भावना यथावत् छ। आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा अघि बढ्नेछौँ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *