२०८२ साल अनुरूप नै २०८३ सालको पञ्चाङ्ग प्रकाशन गर्ने निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी यो निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रह गणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने देखिएकाले २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् । पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएको थियो । समितिको निर्णय मुताविक नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *