|
२०८२ मंसिर २४
काठमाण्डौँ । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रा दैनिक आवश्यकताहरू’ रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्