काठमाण्डौँ । रिलायन्स स्पिनिङ मिल्सले निष्काशन गरेको आईपीओको प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको रिट दरपिठ भएको छ ।
नेपाल सेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेल सोमबार रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । तर, मंगलबार सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले मुद्दा दरपिठको आदेश दिएका हुन् ।
रजिष्ट्रार मानबहादुर कार्कीद्वारा जारी दरपिठ आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा लिएको मागदावी सम्बन्धमा श्री उच्च अदालत पाटनमा रिट दायर भई मिति २०८१/११/२१ मा रिट निवेदन फैसला भइसकेको देखिँदा न्याय प्रशासन ऐन २०७३ को दफा १२ मा मुद्दा दोहोर्याई हेर्ने सम्बन्धी व्यवस्था बमोजिम सर्वोच्च अदालत प्रवेश गर्न मार्ग रहेकै देखिँदा प्रस्तुत रिट निवेदन सर्वोच्च अदालतको अधिकारक्षेत्र अन्तर्गत दर्ता मिलेन ।’
कँडेलसमेत २ जनाले अर्थ मन्त्रालय समेतलाई विपक्षी बनाएर रिट लिएर सर्वोच्च गएका थिए । उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै रिलायन्सले सोमबारदेखि विदेशमा बस्ने नेपालीको लागि आईपीओ निष्काशन खुला गरेको थियो ।
आईपीओ निष्काशनको पहिलो दिनम ५.१ गुणा बढी आवेदन परेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्