|
२०८२ कार्तिक ३०
काठमाण्डौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंको संरक्षकत्वमा नयाँ राजनीतिक दल ‘नागरिक बचाउ दल’ गठन गरी २७ सदस्यीय केन्द्रीय समिति सहित निर्वाचन आयोगमा दर्ता निवेदन दिएका छन्।
समितिको अध्यक्षमा माधवप्रसाद खतिवडा प्रस्तावित छन् भने उपाध्यक्षमा ईश्वरी प्रसाद भट्टराई र देवीप्रसाद संग्रौला रहेका छन्।
महामन्त्रीमा प्रेमकुमार थाम्सुहाङ, सह–महामन्त्रीमा विष्णु बोहोरा क्षेत्री, कोषाध्यक्षमा सुष्मा रेग्मी रिजाल र प्रवक्तामा प्रेम थापा मगर प्रस्तावित छन्।
पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा रहेको चारकुने झण्डा तथा ‘मान्छेको जोडी पाइला’ चुनाव चिह्न प्रस्ताव गरेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Scarlett1055
November 16, 2025https://shorturl.fm/xI1WF