पथलैया-निजगढ सडकमा जंगली हात्तीले ट्रक चालकको लियो ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो ।

सोमबार बिहान ८ बजेको समयमा ना ४ ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा १ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो ।

तर, केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *