विपिन जोशीको शव विमानस्थलबाटै आजै कञ्चनपुर पठाइने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाण्डौँ । इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।

विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी छ ।

धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *