|
२०८२ आश्विन २८
काठमाण्डौँ । पूर्व सभामुख कृष्ण बहादुर महराको बयान पुरा भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महरासँग बयान लिइएको हो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महरा विरुद्ध भोलिबाट थुनछेक बहस सुरु हुनेछ ।
महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन् । सरकारी वकिलले उनीविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदावी लिएको छ ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्