|
अशोज २८, २०८२
काठमाडौं —पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि सुन तस्करी प्रकरणमा थुनछेक बहस सुरु हुँदैछ। काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्ष कैद सजायको मागसहित अभियोग दर्ता गरेको छ।
महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो।
२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन प्रकरणमा महराको संलग्नता रहेको आरोप छ। यसै प्रकरणमा पूरक अभियोगसहित उनलाई प्रतिवादी बनाइएको हो।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेपछि सरकारी पक्षले अभियोग दर्ता गरेको हो।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्