मन्त्री घिसिङद्वारा बाढी प्रभावित इलामको निरीक्षण, राहत वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

विराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अविरल वर्षा र पहिरोबाट प्रभावित इलामको निरीक्षण गरेका छन्। उनले माइखोला टापु क्षेत्रका २८ परिवारलाई खाद्यान्नसहितको राहत वितरण गर्दै तत्काल आवास, खानेपानी र यातायात सुचारु गर्न प्रतिबद्धता व्यक्त गरे।

मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले ८ दिनदेखि अवरुद्ध सडक खुलाउने कार्यलाई पहिलो प्राथमिकता दिने बताए। उनले भूगर्भविद्, प्रहरी, र डिभिजन सडक कार्यालयसँग समन्वय गरी समस्या समाधानको प्रयास थालेका छन्।

बाढी र पहिरोका कारण हालसम्म इलाममा ३९ जनाको मृत्यु भइसकेको छ भने २६५ परिवार विस्थापित भएका छन्। प्रभावितहरू अस्थायी शिविरमा बसिरहेका छन् भने इन्धन, खाद्यान्न र औषधिको अभाव देखिएको छ। सरकारद्वारा इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *