जेनजीको प्रदर्शन अक्टोबर ९ मा छैन : मिरज ढुंगाना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १५

काठमाण्डौँ । जेनजी आन्दोलनका एक अगुजा मिरज ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन् । उक्त दिन प्रर्दशन रहेको भनेर सामाजिक सञ्जालमा सन्देश प्रावह भइरहेका बेला ढुंगानाले त्यस्तोमा जेनजीको सहभागिता नरहेको बताएका हुन् ।

टिकटकमा भिडियो राख्दै उनले भनेका छन्, ‘अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम यस्तो काममा हाम्रो संलग्नता हुने छैन, जेनजीहरूको संलग्नता हुने छैन ।’

जेनजीहरूले भदौ २३ गते गरेको प्रदर्शन गरिसकेको उनले बताए । त्यसदिनको प्रदर्शनबारे उनले भनेका छन्, ‘मुसो मार्न गएको हामीले बाघ मारेर ल्यायौं । अब बाघ उचाल्न सकिँदैन जंगलबाट ।’ प्राप्त भएको उपलब्धी अगाडि बढाउने र शान्ति कायम गर्दै अगाडि बढिने उनको प्रतिबद्धता छ।

‘एजेण्डाबिना, के गर्ने त्यसपछि भन्ने त्यो थाहा नपाइकन हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौं,’ ढुंगानाले भनेका छन्, ‘परेको खण्डमा शान्तिपूर्ण प्रदर्शन गरौंला । तर, हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन ।’

माग पूरा नभए दबाब दिने हो र दबाब दिनेमा नै आफूहरूको ध्यान रहेको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Edwin1178

    October 2, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *