|
२०८२ आश्विन १४
काठमाण्डौँ । नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण सम्पन्न भएको छ । मध्याह्न १२ः०५ बजेदेखि १२ः१६ बजे बीचको शुभ साइत पारेर विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराइएको हो ।
यससँगै यसअघिकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिएको छ।
काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि छनोट गरिएको हो ।
कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्