आरजु राणाको युलेन्स स्कुलको अध्यक्ष पदबाट राजीनामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

नेपाली कांग्रेसकी नेतृ तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा भएको तोडफोड र आगजनीपछि अभिभावकहरूको तीव्र विरोध र निरन्तर दबाबका कारण उनले पद त्यागेकी हुन्। युलेन्स फाउन्डेसनका स्रोतका अनुसार, अभिभावकको मागका कारण राणाले शुक्रबार आफ्नो अध्यक्ष पदबाट औपचारिक रूपमा राजीनामा दिएकी हुन्।

राणाको युलेन्स स्कुलमा लगानी रहेको भन्ने आरोपका आधारमा आन्दोलनकारीले ललितपुरको खुमलटार र काठमाडौँको बाँसबारीस्थित स्कुलका भवनहरूमा आगजनी गरी क्षति पुर्‍याएका थिए।

आगजनीबाट ध्वस्त स्कुल पुनर्निर्माण गरी नयाँ ढंगले सञ्चालन गर्ने तयारी युलेन्स फाउन्डेसनले गरिरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *