इटहरी, उपत्यका — राष्टिय स्वतन्त्र पार्टी (रा.स्व.पा) बाट इटहरी उपमहानगरपालिका–१९ का संस्थापक संयोजक तथा इटहरी नगर र्यापिड एक्सन विभागका संयोजक रहेका विनय श्रेष्ठले पार्टी परित्याग गरेका छन्।
सोलुखुम्बु नेचा सल्यान–२ निवासी श्रेष्ठले पार्टीका केही नेतृत्वहरू नीति, सिद्धान्त र विधानको परिधिभन्दा बाहिर गएर गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन्। उनले यस्ता प्रवृत्तिले पार्टीको मूल उद्देश्य र जनतासँग गरिएको वाचा विपरीत जाने खतरा रहेको भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन्।
श्रेष्ठले आफू सुरुदेखि नै पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै अब भने पार्टीको आन्तरिक अनुशासन र मूल्य–मान्यतामा विचलन देखिएको कारण साथ छुट्ट्याउनु परेको बताएका हुन्।
उनको राजीनामाले स्थानीयस्तरमा पार्टीभित्रको असन्तुष्टि सतहमा आएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्