वीरगञ्जमा सानिमा इन्स्योरेन्स र नेपाल मेडीसिटी वयोधा अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १९

साउन । वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल र सानिमा जीआइसी इन्स्योरेन्सबीच स्वास्थ्य सेवामा पहुँच विस्तार र गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्ने उद्देश्यले सहकार्य गर्ने रणनीतिक सम्झौता भएको छ।

यो सहकार्यपछि सानिमा इन्स्योरेन्सका बीमित तथा कर्पोरेट ग्राहकहरूले नगदरहित (cashless) सुविधा सहित अस्पतालका विभिन्न उच्चस्तरीय चिकित्सा सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस सुविधाले बीमितहरूलाई उपचारको समयमा अग्रिम भुक्तानीको झन्झटबाट मुक्ति दिलाउनेछ भने कर्पोरेट ग्राहकहरूका लागि प्रशासनिक प्रक्रिया सरल र प्रभावकारी बन्नेछ।

सम्झौताअनुसार, ग्राहकहरूले अपोइन्टमेन्ट पूर्व-निवेदन (pre-booking) मार्फत लिन सक्ने छन्, जसले अस्पतालमा प्रतिक्षा समय घटाउनेछ र सेवाको व्यवस्थापन झनै प्रभावकारी बनाउनेछ। अस्पतालले बीमितहरूलाई आवश्यक अवस्थामा क्रेडिट सुविधा समेत उपलब्ध गराउनेछ, जसले भुक्तानी प्रक्रियामा लचिलोपन ल्याउने अपेक्षा गरिएको छ।

नेपाल मेडीसिटी वयोधा अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सकहरूको टोली र बिरामी–केन्द्रित सेवाको आधारमा उच्चस्तरीय उपचार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहकार्यले वीरगञ्ज र आसपासका क्षेत्रका जनतालाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नजिकैबाट उपलब्ध गराउनेछ।

सानिमा जीआइसी इन्स्योरेन्सले अस्पतालसँगको साझेदारीलाई आफ्नो बीमितहरूका लागि सुविधाजनक र सहज उपचार सुनिश्चित गर्ने रणनीतिक पहलको रूपमा लिएको छ। दुवै पक्षले सहकार्यमार्फत स्वास्थ्य सेवा प्रणालीलाई अझ समावेशी, सुलभ र समय–कुशल बनाउने साझा उद्देश्य व्यक्त गरेका छन्।

यो रणनीतिक साझेदारीले वीरगञ्जको स्वास्थ्य सेवा क्षेत्रमा एक नयाँ युगको थालनी गरेको छ, जहाँ बिरामीहरूले आधुनिक उपचार पहुँचसँगै सहजता र विश्वासको अनुभव गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *