×

नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका निर्वाचित

मंसिर १७, २०८१ | दाक्सु मिडिया

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् । लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् ।
यहाँ एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाएकी छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन् । २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: