×

ग्लोबल टी २० मा सन्दीपले लिए दुई विकेट, दिपेन्द्रको ब्याट चलेन

साउन १३, २०८१ | दाक्सु मिडिया

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टी २० मा दुई नेपाली स्टार संलग्न भ्यानकुभर नाइट्सले लगातार दोस्रो हार व्यहोरेको छ । बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले पराजित गरेको छ ।

पहिलो ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेट क्षतिमा १५३ रन जोडेको थियो । जवाफमा भ्यानकुभरले ६ विकेट क्षतिमा १३० रन मात्रै जोड्न सक्यो ।

नेपालका सन्दीप लामिछानेले बलिङमा सुखद प्रदर्शन गरे । उनले चार ओभरमा ३२ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए । पहिलो ओेभरमा खराब बलिङ गर्दै १८ रन खर्चेका सन्दीपले त्यसपछिका २ ओेभरमा उत्कृष्ट कमब्याक गरेका हुन् ।

सातौं ओेभरमा बलिङ गर्दा सन्दीपले दुई छक्का र एक चौका खाएका थिए । एघारौं ओेभरमा दुई रनमात्र खर्चेर सकिब अल हसनको विकेट लिन सफल भए । ओेभरको अन्तिम बलमा उनले सकिबलाई एलबीडब्लु आउट गरेका थिए ।

१३ औ ओभरको पहिलो बलमा सन्दीपले डेभिड वाइसीलाई बोल्ड गरेपछि बंगला टाइगर्स धराशयी बनको थियो । जवाफी ब्याटिङमा भ्यानकुभरले ३१ रनमै ५ विकेट गुमाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: