×

एकीकृत समाजवादीको बन्द-सत्र सुरु

असार १७, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ  ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: