अटो दुर्घटनामा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ बैशाख २९

दाङको तुलसीपुरमा अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका– ३ साततले–खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा चालक तुलसीपुर– ३ पैंयाखर्क २७ वर्षीय जीवन घर्तीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले घर्तीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
अटोमा चालक घर्ती एक्लै सवार थिए। अटो सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको मल्लले बताए।
शनिबार बिहान ७ बजेतिर मात्रै घर्ती मृत अवस्थामा फेला परेपनि गएराति साढे १० बजेतिर उनी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
यात्रु छोडेर तुलसीपुर तर्फ आउने क्रममा खमारी बाट राप्ती राजमार्ग आउने क्रममा अटो मोडबाट सिधै खोलामा खसेको अवस्थामा फेला परेको मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *