कार्यसम्पादन मूल्यांकनमा दाङका १० पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट ठहर भएको छ । गढवा गाउँपालिका पुछारमा छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनमा राप्ती गाउँपालिका ६४.१७ अंकसहित जिल्लामा उत्कृष्ट ठहर भएको हो । दोस्रो स्थानमा बंगलाचुली गाउँपालिका र तेस्रोमा तुलसीपुर उपमहानगरपालिका छन् ।
त्यसपछि क्रमशः दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिका छन् ।
संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकहरुको आधारमा प्रदेश र स्थानीय सरकारको मूल्यांकन गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया