सांगीतिक बजारमा थोमस बास्तोलाको म देश खोज्दै परदेश आए सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०७९ पुष २१

२१ पौष, काठमाण्डौ – अङ्ग्रेजी नयाँ वर्ष को अवसर पारेर थोमस बास्तोलाको म देश खोज्दै परदेश आए गीत सार्वजनिक भएको छ ।

गीतमा सुमधुर स्वरका धनी चर्चित गायक शिव परियारले स्वर भरेका छन्। यस्तै स्थापित संगीतकार पबिधन खालिङको सङ्गीत र बरिष्ठ पत्रकार नारायण श्रेष्ठको भूमिका वाचन गीतमा रहेको छ।

गीत :- म देश खोज्दै परदेश आए

स्वर :- शिव परियार

रचना :- थोमस बास्तोला

संगित :- पविधान खालिङ

व्यवस्थापन :- फणिन्द्र राई

भूमिका वाचन :- नारायण श्रेष्ठ

रेकर्डिङ स्टुडियो: पर्पल नक्सल केटीएम

रेकर्डिस्ट :- सुमन खड्का

मिक्सिङ एण्ड मास्टरिङ :- किशोर थापा

खालिङले आफ्नै युट्युब च्यानल पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गर्नुभएको हो ।

अमेरिकामा विद्यावारिधि गर्दै गरेका विद्यार्थी नेता थोमस बास्तोलाले विभिन्न कारण परदेशिन बाध्यहरुको कथाव्यथालाई गीतमा उतारेका छन्। रहरले भन्दा पनि बाध्यताले विदेशिनु परेको भावलाई मार्मिक ढङ्गले समेटिएको गीतले राम्रो श्रोता प्रतिक्रिया पाइरहेको बास्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *