सुनको मूल्य तिन सयले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ८

८ वैशाख, काठमाडौं – बिहीबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँ  बढेको छ । चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ६ सय र तेजावी सुन एक लाख १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, हिजो चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *