एमसीसी पासको विरोध गरेकोमा भीम रावलमाथि प्रधानमन्त्रिको आक्रोस

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ३०

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
रावलले दुई जिब्रे कुरा गरेको प्रधानमन्त्री देउवाको आरोप छ। रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित हुनुभएको थियो ।

आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताउनुभयो ।
‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने ? ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो। उहाँ त्यसबेला मन्त्री हुनुहुन्थ्यो। उसबेला दिमाग खुस्किएको थियो ? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ ? ’
ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।
‘त्यसबेला किन विरोध गर्नुभएन ? राजीनामा किन दिनु भएन,’ रावललाई प्रश्न गर्दै देउवाले भन्नुभयो, ‘अहिले आएर बोल्न लाज छैन ? भीम रावल के हेरेर बसे त्यसबेला अहिले विरोध गर्दैछन्।’


प्रधानमन्त्रिको अभिव्यक्ति झुठा र उद्यण्डपूर्ण : भिम रावल

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।
प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्वीटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।
उनले एमसिसी संसदमा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।
‘सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्री या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरूद्धको कत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ रावलले भन्नुभएको छ ।
आफू देशभक्त नागरिक भएकोले राष्ट्र हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको रावलको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *