बाबुराम भट्टराईको पल शाह प्रकरणमा टिप्पणी : पीडकको पक्ष लिनु लज्जस्पद

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २०

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै कानुनभन्दा माथि कोही नरहने बताएका छन्। उनले पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा उल्टै ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जस्पद भएको बताएका छन्।

‘नाबालिक किशोरीको यौनशोषणसम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो,’ उनले ट्वीटमा लेखेका छन्,’ लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर सुरूमै न्याय प्रभावित नहोस् ।

उमेर नपुगेकी किशोरीमाथि जबरजस्ती करणी रोपमा अभिनेता शाह प्रहरी हिरासतमा छन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्।

तनहुँमा प्रहरीले अनुसन्धान जारी राखेको छ। उनका समर्थकहरु  ‘पल बचाऔ’ भन्दै डकमा नाराबाजी समेत सुरु गरेका छन्।  समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हुलहुज्जत गर्नमा लागिपरेको छ।

कसुर गरे सजायँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *