पाल्पामा बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १८

बुटवल : पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ८ पुगेको जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस  दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *