यस्तो बन्यो देउवा नेतृत्वको मन्त्रिपरिषद्

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २२

काठमाडौं – मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको छ ।

सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरूले साँझ ५ बजेसम्ममा शपथ लिने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गैरसांसद गजेन्द्र हमाललाई दिएका छन् । उनी प्रधानन्यायधिश चोलेन्द्र शमसेर राणाको कोटाबाट मन्त्री भएको बताइएको छ । काँग्रेसको नेता समेत रहेका उनी राणाका जेठान हुन् ।

उनी ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । त्यस्तै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *