काठमाडौँ । सार्वजनिक बस व्यवसायीले भाडादर नबढाएको बन्दै सोमबार बिहानदेखि आन्दोलन थालेका छन् ।
छोटो दूरीको भाडा बढाउनु पर्ने माग गर्दै कार्यालय समयमा सवारी चालकहरुले सडकमै गाडी तेर्साएर आन्दोलनमा उत्रिएका हुन् ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।
सडकमा गाडी तेर्साएर उनीहरुले चाबी बोकेर हिडेको ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।
कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पटक(पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको बताए।
यसअघि पनि उनीहरुले सडकमै गाडी तेर्साएर आन्दोलन गरेका थिए । तत्कालिन केपी शर्मा ओली सरकारले सार्वजनिक सवारीको भाडा बढाएको थियो । तर सोही अनुसार वाग्मती प्रदेशले समायोजन नगरेको गाडीधनीहरुको भनाइ छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्