×

कोरोना संक्रमणका कारण बाँकेमा थप दुई जनाको मृत्यु

भदौ १७, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

सल्यानकी ६६ बर्षीया महिला र दाङकी ९५ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।

सल्यानकी महिलाको हिजो बेलुका र दाङकी महिलाको आज बिहान मृत्यु भएको कार्यालय प्रमुख तेज वलीले जानकारी दिए।

यो सहित बाँकेमा कोरोनाका कारण ३ सय २९ र अन्य जिल्लाबाट उपचारका लागि पुगेका ४ सय संक्रमितको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: