×

महोत्तरीका विद्यालय धमाधम खुल्न थाले

भदौ १७, २०७८ | दाक्सु मिडिया

महोत्तरी । महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् । कोभिड–१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो ।

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो । ुस्थानीय सरकारले जोखिमको आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्,ु प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: