वर्षौँको प्रतीक्षा सकियो, भूमिहीनको हातमा लालपुर्जा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

तनहुँ । देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा सुकुम्वासी परिवारले वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।

जिल्ला भूमि समस्या समाधान समिति तनहुँले १० परिवारलाई लालपुर्जा वितरण गरेको हो। पुर्जा हातमा परेपछि लाभग्राहीले आफूले लामो समयदेखि बसोबास गर्दै आएको जमिन अब कानुनी रूपमा आफ्नो भएको भन्दै खुसी व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, गाउँपालिका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवनसिंह गुरुङले लाभग्राहीलाई प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *