×

पछिल्लो २४ घण्टामा १६६४ जनामा कोरोना, २० को मृत्यु

भदौ १५, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ६६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ११७ जनाको पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३।९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: