आज थप ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २३

काठमडौं, साउन २३ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *