काठमाडौंमा फेरि देखियो बर्डफ्लु संक्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १२

१२‌ जेठ, काठमाडौं । काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखिएको छ ।

पशु सेवा विभागले जनाए अनुसार कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो।प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक टोली खटिएको जनाइएको छ।

अस्वभाविक रुपमा टर्कीको मृत्यु भए पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो ।

पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *