लम्जुङ्गमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ६

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा २४ घण्टा भित्र सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएपश्चात आज बिहान ५ बजेर ५१ मिनेटसम्मको समयमा ७६ पटक जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनि भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १,  ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिनका साथ भन्न नसक्ने जानकारी भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ । सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने र साथसाथै यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिन प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल द्वारा आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *