×

सोलुखुम्बुका सांसद राईद्वारा आग्रह

जेष्ठ ३, २०७८ | दाक्सु मिडिया

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरवीर) द्वारा नेपाली जनाताको स्वास्थ्य सुरक्षा कायम गर्नका लागि तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरिएको छ ।

आज प्रस्तुत एक विज्ञप्तीमा नागरिकको जीवन बचाउनको लागि राज्यको सम्पुर्ण स्रोत साधान परिचालन गर्न सरकार समक्ष माग गर्दै सांसद राईले अनुरोध गर्नुभएको छ । साथै उहाँले सम्पूर्ण जिल्लाबासीमा कोरोना भाईरसले निम्त्याएको कठीन परिस्थीतमा हतोत्साहीत नभई स्वास्थ्य सुरक्षामा ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।

सांसद राईले कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट, पिसिआर मेसिन, भेण्टिलेटर सहितको केही बेडको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकार समक्ष आग्रह गरिएको र चाडै जिल्लामा त्यसको व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सांसद राईले जिल्लाका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार ढंगबाट आफु लागिपरी जिल्लाका विभिन्न संघसंस्था संग भएको ९० वटा खालि सिलिण्डर समेत अक्सिजन प्लान्टमा पठाईएको जनाउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: