काठमाडौं : खोटाङमा बिरामी बोकेको अटो रिक्सा दुर्घट्ना हुँदा १ जनाको मुत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
जन्तेढुंगा गाउँपालिका ५ चिसापानीको घोर्लेबाट प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा १३ वर्षीय गोकुल परियारको ज्यान गएको हो।
मंगलबार बिहान भवनडाँडाको तारेभीरमा अटो पल्टिँदा चालक जन्तेढुंगा गाउँपालिका ४ का ३३ वर्षीय जीवन राई, उहाँकै ७ महिनाको छोरा जर्मन राई, ऐसेलुखर्कका ६३ वर्षीय रत्नबहादुर राई र वडा नम्बर ५ घोर्लेका १६ वर्षिय मनिराम राई घाईते भएका हुन्।
धरानको बिजयपुर अस्पताल लैजादा गर्दा गम्भिर घाइते गोकुलको बाटोमा नै मुत्यु भएको हो । अन्य चार जनाको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। जसमध्ये चालकको अबस्था गम्भिर रहेको छ भने अन्य ३ जनाको अबस्था सामान्य छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया