काठमाडौं । नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर अवतरण गरेको छ ।
यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले बताए।
यस उडानमा चार पाइलट सहित चालक दलका १४ सदस्य सहभागी भएका थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहेको उनले जानकारी गराएका छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया