महोत्तरीबाट अक्सिजन सिलिन्डर भारत तस्करी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रहरीले जानकारी दिए अनुसार जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
अभियुक्तहरु महोत्तरीका सोनमा गाउँपालिका वडा नम्बर–६ बस्ने विपिन चौधरी, धनुषाका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर ७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
जलेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नेपालबाट भारततर्फ लैजाने क्रममा ३ थान प्याक अक्सिजन सिलिन्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।
गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर १२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कोर्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिन्डर बरामद गरेको उनले बताए ।पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया