
नेपाल युट्युब पत्रकार महासंघ काठमाडौको समूहले यो भिषम परिस्थितिमा बिहान बेलुका छाक टार्न मुस्किल हुने परिवारलाई निशुल्क खाना खुवाउने भएको छ।
काठमाण्डौ वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालसगंको सयोंजनमा भोलि ४/५ बजे बाट यो कार्यको सुरुवात हुने भएको छ। बालाजु चोक, बनस्थली र माछापोखरी लगायतका क्षेत्रमा दैनिक बिहान एकपल्ट निशुल्क रुपमा सघंले भोजन गराउने भएको हो । इजरायल बस्ने समाजसेवी जेनि पाखृनले सुरुवातको खर्चको बेवास्ता गर्नुको साथै युट्युब पत्रकार महासंघलाई सम्मानिय कामको थालनी गरेकोमा बधाई तथा धन्यवाद भन्दै महिनौ सम्म भएनी सक्ने सहयोग गर्ने बाचा गरेकी छिन्।
मगंलबार देखि सघंले दिनको एकपटकको खाना निःशुल्क खुवाउने अभियान सुरु गर्न लागेको अध्यक्ष प्रकाश चन्द्र दाहालले जानकारी दिए । कोरोना नियन्त्रणका लागि अपनाइएको निशेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिहेका र अहिले रोजगार विहिन भएर बसेका विपन्न नागरिकहरुलाई कम्तिमा एक छाक भएपनि खाना खुवाउने उद्धेश्यले यस्तो अभियान सुरु गर्न लागिएको उनले बताए ।
संघले कोहि भोका बस्नु नपरोस्, कोहि बिपत्तिमा नरहोउ भन्ने उदेश्यले सो काम सुरुवात गरेको हो।अध्यक्ष प्रकाश दहाल र सचीव मिलन सिङले युटुब पत्रकारले भिडियो मात्र खिच्दैनौ सकेको सहयोग गर्छौ भन्दै, कोरोनाका कारण अनुपस्थित संघका सदस्यहरुलाई एक जुट हुन आग्रह गरेका छन्।
कहीँ कतैबाट सहयोग आएर नभई नेपालमा रहेका युट्युबरहरुसगं रकम सकंलन गरि भोजन गराउन लागिएको भोजन कार्यक्रमका सयोंजक मिलन सिहंले बताए । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सोही अनुसार खाना खुवाईने उनले जानकारी दिए । संस्थाले यसलाई निषेधाज्ञा अवधीभर नै निरन्तरता दिने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया