जापानमा विगत २४ घण्टामा करिब पाँच हजारजनामा कोभिड–१९ को सङ्क्रमण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १४

एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार मङ्गलबार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको छ।

महामारीले पुनः विश्वका विभिन्न देशहरूमा प्रभाव पारे झै जापानमा पनि कोभिड सङ्क्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको देखिएको छ । मङ्गलबार मात्र भाइरस सङ्क्रमित ५५ जनाको मृत्यु भएको छ। यससँगै कोभिड–१९ ले १० हजार ८० जनाको ज्यान लिएको छ । जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले अहिले जटिल समस्या भई भेन्टिलेटरमा राखिएका ब्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ । जापानको राजधानी टोकियो, ओसाकालगायतका क्षेत्रमा सङ्क्रमण दर बढी रहेको पनि पाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *