कांग्रेसले समानुपातिक सांसदको नाम आज टुंग्याउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३०

काठमाडौं — नेपाली कांग्रेस ले प्रतिनिधि सभाको समानुपातिक तर्फबाट पठाइने सांसदहरूको नाम आज टुंग्याउने तयारी गरेको छ। पार्टीभित्र बन्दसूचीमा रहेका उम्मेदवारहरूबाट क्लस्टर मिलाएर सबै समूहको प्रतिनिधित्व हुने गरी नाम छनोट गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

पार्टीका महामन्त्री गुरुराज घिमिरे का अनुसार समानुपातिक सूचीमा पठाइने अन्तिम नामहरूबारे अझै सहमति भइसकेको छैन। उनले अहिले नेतृत्व तहबीच क्लस्टर मिलाएर समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नाम टुंग्याउने गृहकार्य भइरहेको बताए।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सूची निर्वाचन आयोग मा बुझाउने तयारी भइरहेको छ।

यस पटकको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गरी २० सिट हासिल गरेको छ। पार्टीले ती सिटका लागि बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट समावेशी मापदण्ड अनुसार प्रतिनिधि चयन गर्ने तयारी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *