‘बी’ डिभिजन लिग : शीर्ष स्थानको सातदोबाटो र मध्यपुर भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २४

काठमाडौँ – सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र मध्यपुर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो र मध्यपुरबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । दुई खेल अगाबै ’ए’ डिभिजनमा बढुवा भईसकेको सातदोबाटो सहज जितको खोजीमा रहेको छ ।

सातदोबाटो जित निकाल्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । सातदोबाटोले ९ खेलमा २५ अंक जोडेको छ । मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ । मध्यपुर आठौं स्थानमा रहेको छ ।

अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटीले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ । आरसिटी र पुल्चोकबीचको खेलदिउँसो ३ः३० बजे सुरु हुनेछ ।

आरसिटी १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *