काठमाडौं– कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै प्रहरी र तस्करबीच दोहोरो भिडन्त भएको छ ।
दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको बताइएको छ। कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार मृतकको परिचय खुलेको छैन भने शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।
लागू औषध र नक्कली नोटको अवैध कारोबार गर्ने भारतीय गिरोहबारे सूचना पाएर प्रहरी जाँदा आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा एक जना तस्करको ज्यान गएको हो ।
मृत्यु हुने भारतीय नागरिक भएको अनुमान छ । घटना आज साँझ साढे ६ बजेतिर भएको हो। प्रहरीतर्फ भने कुनै क्षति भएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया