×

बलिउडमा अमिरपछि माधवन र मिलिन्द सोमनलाई कोरोना संक्रमण

चैत्र १३, २०७७ | दाक्सु मिडिया

मुम्बई – बलिवुड सेलिब्रेटीहरुलाई कोरोना संक्रमण हुने जारी रहेको छ ।  पछिल्लो पटक अभिनेता माधवन र मोडल तथा अभिनेता मिलिन्द सोमन कोरोना संक्रमित भएका छन् ।

अभिनेता सोमनले आफुलाई कोरोना पोजेटिभ भएपछि अहिले क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् । 

त्यस्तै अभिनेता माधवनले पनि आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

यसअघि अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको थियो । त्यस्तै चर्चित निर्माता निर्देशक सतिश कौशिक, संजय लीला भन्सालीलाई अनि कोरोना संक्रमण भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: