ललितपुरका विभिन्न ठाउँमा आज बत्ती जाने

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १२

काठमाडौँ – ललितपुरका विभिन्न ठाउँमा आज पाँच घण्टासम्म बिजुली जाने भएको छ । ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटोलगायतका क्षेत्रमा आज बत्ती जाने भएको हो ।

पुलचोक वितरण केन्द्रको सैबु फिडरमा पर्ने मेडिसिटी चोकदेखि फूलबारी चोकसम्मको क्षेत्रमा सडक मर्मत र अरु काम गर्नुपर्ने भएकाले बिजुलीको लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सैबु फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *