काठमाण्डौं : आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसोपछि काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताए ।
पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने मौसमविद् शान्ति कडेलले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया